तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २ फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।