सोमबार १२ फागुन, २०८१

१३ वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

काठमाडौं, २ फागुन । रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन् ।

उनीहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।

प्रहरीका अनुसार अजय र गोविन्दले ती बालिकालाई गत मंगलबार राती जबरजस्ती करणी गरेको उजरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई दुई दिनपछि पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।