आइतबार ११ फागुन, २०८१

राष्ट्र बैंक सञ्चालकको रुपमा अर्थ मन्त्रालयका सचिव उपाध्यायको सपथ

राष्ट्र बैंक सञ्चालकको रुपमा अर्थ मन्त्रालयका सचिव उपाध्यायको सपथ

काठमाडौँ, २ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ ग्रहण गरेका छन् ।

उनले बिहीबार प्रधान न्यायाधीश प्रकाशमान सिंहसमक्ष शपथ लिएका हुन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा उनले शपथ लिएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समिति सदस्य रहने प्रावधान छ । उपाध्यायलाई सरकारले हालै अर्थ सचिवको जिम्मेवारी दिएको हो ।