आइतबार ११ फागुन, २०८१

महिला लघुवित्तको नाफा सात करोड ३२ लाख

महिला लघुवित्तको नाफा सात करोड ३२ लाख

काठमाडौं, २ फागुन । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ३२ लाख ९० हजार पाँच सय ५० रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ६५ लाख ९६ हजार चार सय २५ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार पाँच सय रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ७३ करोड ३४ लाख ६४ हजार नौ सय २५ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३५ करोड ५७ लाख ८९ हजार तीन सय ६६ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा १९ करोड ५७ लाख १४ हजार नौ सय चार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव २९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५७ करोड ३७ लाख ९९ हजार सात सय ५६ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८९ करोड ३५ लाख ८८ हजार तीन सय ७२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा १२ करोड दुई लाख २१ हजार सात सय ८४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ७९ प्रतिशत रहेको थियो ।