आइतबार ११ फागुन, २०८१

नाडेप लघुवित्तको नाफा १ करोड ६६ लाख

नाडेप लघुवित्तको नाफा १ करोड ६६ लाख

काठमाडौं, २ फागुन । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६६ लाख ६६ हजार छ सय ६७ रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड १२ लाख १० हजार आठ सय २६ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा दुई अर्ब १७ करोड ८८ लाख १८ हजार पाँच सय ३२ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९६ करोड ५१ लाख ९२ हजार पाँच सय ६९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड १५ लाख ३५ हजार आठ सय ३४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ५३ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब नौ करोड १० लाख २३ हजार नौ सय सात रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९२ करोड ६९ लाख ५३ हजार दुई सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ३४ लाख ८६ हजार दुई सय चार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५९ प्रतिशत रहेको थियो ।