जनउत्थान लघुवित्तको नाफा ऋणात्मक

काठमाडौं, २ फागुन । जनउत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ७९ लाख २३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड एक लाख ३६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १७ करोड ९१ हजार नौ सय रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा ९० करोड एक लाख १५ हजार पाँच सय ९० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १२ करोड ११ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ८७ लाख ८२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ८३ करोड ५९ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब सात करोड ४४ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ३७ लाख एक हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा सात दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।