सम्पदा लघुवित्तको नाफा छ करोेड १७ लाख
_eSSiXuatTQ_jhrhiap947gsnibkd7xhwlqq5pwhrzmjwmeo6mgqjeuzuucunh4jwwzwoypd_t5UQYhbJjC_s08qpqhyzh1xsuem6ers460plbhfjywxjudydkdnpwznkogvlv5eomjoxgc8.jpg)
काठमाडौं, २ फागुन । सम्पदा लघुवित्त वित्तीय संंस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड १७ लाख १७ हजार छ सय रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ९५ लाख १७ हजार नौ सय ७८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७० करोड आठ लाख ५८ हजार तीन सय ४५ रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा दुई अर्ब ५६ करोड ९३ लाख ४२ हजार सात सय ९० रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ९२ करोड ८८ लाख ४२ हजार छ सय ४६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३३ करोड १३ लाख ४९ हजार आठ सय ५६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ५५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ५४ करोड ३२ लाख १३ हजार ५८ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ७५ करोड ७४ लाख ७८ हजार चार सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ९७ लाख ४० हजार नौ सय ५६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५७ प्रतिशत रहेको थियो ।