शनिबार १० फागुन, २०८१

बालमन्दिर जग्गा विवादमा राष्ट्रिय मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

बालमन्दिर जग्गा विवादमा राष्ट्रिय मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

काठमाडौं,२ फागुन । काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा विवादमा राष्ट्रिय मानव अधिकार आयोगले पनि अनुसन्धान गर्ने भएको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता डा.टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै छानविन तथा अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।

बाल संगठनले आफ्ना जग्गा सस्तोमा भाडामा दिएको र सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको भन्दै संगठनकै पूर्व पदाधिकारीविरुद्ध ठगी मुद्दामा जाहेरी परेको थियो ।