यो साता सेयर मूल्य धेरै बढेका यी १० कम्पनी

काठमाडौँ, २ फागुन । यो साता सेयर बजार २१ अंक घटेको छ । गत साता २६९९ अंकमा बन्द भएको बजार यो साता २६७८ मा झर्यो । यो साता पाँचै दिन कारोबार भयो ।
पहिलो दिन आइतबार ११.४९ र सोमबार १०.९८ अंक घटेको बजार मंगलबार ६.५४ र बुधबार १.८६ अंक बढ्यो । बिहीबार पुनः ७.२६ अंक घट्यो ।
आइतबार ८ अर्ब ३९ करोड, सोमबार ६ अर्ब ९६ करोड, मंगलबार ७ अर्ब २४ करोड, बुधबार ८ अर्ब ७१ करोड र बिहीबार ७ अर्ब ९२ करोडको कारोबार भयो ।
धेरै कारोबार भएका कम्पनी
यो साता सीईडीबी होल्डिङ्स कम्पनीले १ अर्ब ४७ करोडको कारोबार गर्न सफल रह्यो । धेरै कारोबारमा मात्र नभएर मूल्यवृद्धिका आधरमा पनि यो चौथो स्थानमा रह्यो ।
त्यस्तै, रकमका आधारमा धेरै कारोबार भएका अन्य कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, न्यादी हाइड्रोपावर, सप्तकोशी विकास बैंक, नेपाल रिपब्लिक मिडिया, युनाइटेड मोदी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन पावर पार्टनर र सिन्धु विकास बैंक क्रमशः अग्रपक्तिमा रहन सफल भए ।
नेपाल रिपब्लिक मिडिया, युनाइटेड मोदी हाइड्रोपावर, सीईडीबी होल्डिङ्स, न्यादी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, सेन्ट्रल फाइनान्स, रिभरफल्स पावर र निफ्रा कारोबार संख्याका आधारमा क्रमशः अगाडि देखिए ।