बुधबार ०७ फागुन, २०८१

नयाँ लुक्स र फिचरसहित नेपालमा टियागो ईभी- २०२५ मोडलको डेलिभरी सुरु, मूल्य कति ?

नयाँ लुक्स र फिचरसहित नेपालमा टियागो ईभी- २०२५ मोडलको डेलिभरी सुरु, मूल्य कति ?

काठमाडौं, २ फागुन । भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रा. लिसँगको सहकार्यमा नेपालमा टियागो.इभी २०२५ को बुकिङ्गको साथै डेलिभरी सुरु गरेको छ ।

थप फिचर्स, थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा टियागो.इभी २०२५ मोडलको डेलिभरी सुरु भएको हो ।

उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्ता-मैत्री सुविधा एवम् अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो.इभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य २७ ४९ लाखमा नेपालमा आएको छ।  

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खाँडेलवालले भने, “नेपालमा हाम्रा विद्धुतीय सवारीसाधनहरूको भव्य सफलताले हामीलाई  नयाँ २०२५ टियागो.इभि प्रस्तुत गर्न उत्प्रेरित गरेको हो । टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ । त्यसैले टाटा मोटर्स पूर्ण आशावादी छ कि २०२५ टियागो.इभीले आफ्नो बिरासत कायम राख्दै बिगतझैँ नेपालकै सबैभन्दा बढी बिक्री हुने विद्धुतीय ह्याचब्याक बनिरहने छ।”

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले जोड दिँदै थपे,“टियागो.इभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्धुतीय ह्याचब्याकको रुपमा स्थापित भइसकेको छ । यसमा सबैभन्दा सुरक्षित, सरल, एवं आरामदायी ढंगले  नेपालको सहरी क्षेत्रमा यात्रा गर्न सक्ने हुनाले यो सफलता सम्भव भएको हो। यसको नँया मोडेल २०२५ टियागो.इभी पनि आधुनिक रंग, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अझ बढी अब्बल छ । हामीलाई पूर्ण विश्वास्त छ कि यसले धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको माया र विश्वास जित्नेछ ।”

कम्पनीका अनुसार, नयाँ टियागो.इभी २०२५ मोडलमा ग्राहकहरुले २६.०३ से.मी.को फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा लिन सक्नेछन् ।

सुरक्षाको दृस्टीकोणले दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरु यसमा छन्।

टियागो.इभीमा आईपी ६७ रेटेड ब्याट्री प्याक समावेश गरिएको छ जस कारणले नेपालको जस्तोसुकै भूगोलमा पनि बिना कुनै झन्झट उत्कृष्ट ढंगले कार्य गर्नेछ। साथै कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल, र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरुले एक विल्कुलै आरामदायी यात्राको अनुभव प्रदान गर्छ । यो गाडी स्लिक एलइडी हेडल्याम्प,  डिएलआर, र आर१४  हाइपरस्टाइल पाङ्ग्राले सुसज्जित छ, जसको कारण गाडी "स्पोर्टी" र अत्याधुनिक देखिन्छ ।

बुकिङ र जानकारी:

गाडी अग्रिम बुक गर्न ९८०१०१३४६९ मा सम्पर्क वा  यस लिङ्क मार्फत अनलाइन सुविधा उपलब्ध छ। सिप्रदीको शोरुमहरूमा नयाँ मोडेल हेर्न र टेस्ट ड्राइभको लागि पनि पहुँच गर्न सकिने छ।

यसैसँग, टाटा मोटर्सले नेपालमा इलेक्ट्रिक मोबिलिटी बढाउने र सहरी यातायातलाई हरित बनाउने आफ्नो प्रतिबद्धता दाहोर्‍याएको छ।