सोमबार १२ फागुन, २०८१

पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्रीलाई राष्ट्रपति पौडेलले भेट्ने

पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्रीलाई राष्ट्रपति पौडेलले भेट्ने

काठमाडौं,  ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई भेट्न जाने भएका छन् ।

राष्ट्रपति पौडेल बिहान अस्पताल जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए । उनीहरु दुवै जनाको बर्न अस्पतालमा उपचार भइरहेको छ ।