शनिबार १० फागुन, २०८१

पियोर इनर्जी बन्यो आईपओ निष्काशनको अनुमति पाउने पहिलो सौर्य ऊर्जा कम्पनी

पियोर इनर्जी बन्यो आईपओ निष्काशनको अनुमति पाउने पहिलो सौर्य ऊर्जा कम्पनी

काठमाडौं, ४ फागुन । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई सर्वसाधारण कालागि सेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ। बोर्डले फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर निष्काशन गर्ने छ। कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सर्वसाधारणका लागि निष्काशन हुन लागेको हो ।

सेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा ४३ बिगाह क्षेत्रफलमा १० मेगावाटका २ वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुबै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् ।

२० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो । साथै आईपीओ निष्काशनका लागि अनुमति पाउने पहिलो सौर्य ऊर्जा कम्पनी पनि हो । पियोर इनर्जी सुरुदेखि नै नाफामा गएको कम्पनी हो ।