२७३९ अंकमा पुग्यो सेयर बजार, कारोबार रकम १० अर्ब ४३ करोड

काठमाडौं, ६ फागुन । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९ को विन्दुमा कायम भएको छ । आज ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ ।
आज १० अर्ब ४३ कराेड रुपैयाँको सेयर कारोबार भएको छ । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ८२ करोड २ लाख रुपैयाँको सेयर करोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालका लगानकिर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र केबिएल डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।