शुक्रबार ०९ फागुन, २०८१

ट्रस्ट माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

ट्रस्ट माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

काठमाडौं, ६ फागुन । ट्रस्ट माइक्रो इन्स्योरेन्सले आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरेको छ।आइपीओ बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता आइतबार (फागुन ४ गते) भएको हो।

 सम्झौतापत्रमा आइपीओ निष्कासन गर्ने कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगाना र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

टस्ट्र माइक्रोले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले सर्वसाधारणमा निष्कासन गर्नेछ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई ट्रस्ट माइक्रो इन्स्योरेन्सले २०८० कात्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० चैत १ गतेदेखि लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।