शुक्रबार ०९ फागुन, २०८१

राष्ट्रिय योजना आयोगको अनुमान: आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने

राष्ट्रिय योजना आयोगको अनुमान: आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने

काठमाडौं, ६ फागुन । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटको सिलिङ करिब १९ खर्ब रुपैयाँको हुने अनुमान गरेको छ ।

यसअनुसार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ तयार गरी अर्थ मन्त्रालयमा पेस गरेको छ।

चालू आर्थिक वर्ष २०८१।८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरिएकोमा मध्यावधि समीक्षापछि १९ खर्ब ९२ अर्ब रुपैयाँ मात्र खर्च हुने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ। यसैको आधारमा योजना आयोगले करिब १२ प्रतिशतले स्रोतको वृद्धि हुने अनुमानसहित आगामी वर्षको बजेट सिलिङ तय गरेको हो।

हालै सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्दै फागुनको पहिलो साताभित्र स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गरी प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। यो संशोधनसँगै योजना आयोगले समयमै प्रतिवेदन तयार पारी अर्थ मन्त्रालयमा पठाएको हो।