शुक्रबार ०९ फागुन, २०८१

नागरिक लगानी कोष र एलसी इनर्जीबीच शेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र एलसी इनर्जीबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौं, ६ फागुन । नागरिक लगानी कोष र एलसी इनर्जी लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र एलसी इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् ।​

एलसी इनर्जीले प्रति शेयर एक सय रुपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको छ ।

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।