नेपाल मेडिकल काउन्सिलमा ५ जना सदस्य नियुक्त

काठमाडौं, ७ फागुन । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त गरेका छन् ।
गत शुक्रबार मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाँच जना सदस्य नियुक्त गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट प्रा.डा. पलेश्मा लाखे जोशी र प्रा.डा. आनन्द शर्मा नियुक्त भएका छन् ।
यस्तै, डिनमध्येबाट काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन मनोज हुमागाई काउन्सिलको सदस्यमा नियुक्त भएका छन् ।
निजी क्षेत्रको तर्फबाट डा. सन्तोष राजभण्डारी र उपभोक्ताको तर्फबाट रामेश्वर अधिकारी सदस्य नियुक्त भएका छन् ।