१९ वर्षीया किशोरीलाई जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

काठमाडौं, ७ फागुन । प्रहरीले काठमाडौंको कीर्तिपुरमा १९ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–२ घर भइ कीर्तिपुर नगरपालिका–३ पाँगादोबाटो बस्ने २५ वर्षीय सुयोग बोहोरा रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाएको पनि प्रहरीले जानकारी दिएको छ ।