काठमाडौंको जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं, ७ फागुन । काठमाडौं महानगरपालिका–१ जमलस्थित विश्वज्योति हल अगाडि बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका ५६ वर्षीय अम्बरबहादुर बोगटी रहेका छन् ।
उनलाई मंगलबार गोदावरी रत्नपार्क रुटमा चल्ने साझा यातायातको बा५ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसका चालक रामहरि नगरकोटीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।