शनिबार १० फागुन, २०८१

एक तोला सुनको मूल्य एक लाख ७० हजार

एक तोला सुनको मूल्य एक लाख ७० हजार

काठमाडौं, ९ फागुन । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिद–बिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा किनबेच हुनेछ ।

आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार ९२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।