आइतबार ११ फागुन, २०८१

कोशी प्रदेश औषधी व्यवसायी संघमा नवनिर्वाचित धनराज काफ्लेको टिमद्वारा पदभार ग्रहण

कोशी प्रदेश औषधी व्यवसायी संघमा नवनिर्वाचित धनराज काफ्लेको टिमद्वारा पदभार ग्रहण

विराटनगर, ११ फागुन । नेपाल औषधी व्यवसायी संघ, कोशी प्रदेशको माघ २६ र २७ गते  भएको निर्वाचनबाट निर्वाचित र निर्विरोध निर्वाचित भएका पदाधिकारी र कार्यकारिणी सदस्यहरुले अधिकारीक रुपमा पदभार ग्रहण गरेका छन् ।

निर्वाचनमा प्रदेश अध्यक्षमा  धनराज काफ्ले बिजयी भएका थिए । बिगत ३ दशकदेखि औषधि व्यवसायमा अनुभव हासिल गरेका संघका नव निर्वाचित धनराज काफ्लेले थोक तथा खुद्रा व्यवसाय गर्दै आएका छन् । व्यवसायिका दैनिक अप्ठेरा  बारे  जानकार काफ्ले यसअघि संघको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । 

व्यवसायीलाई पर्दा खुलेर आवाज उठाउने र साथ दिने , मिजासिला स्वभावको व्यक्तित्व नै उनको विजयको आधार बनेको व्यसायीहरु बताउने गर्छन् ।  नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खन्डेवालको प्रमुख अतिथिमा पदस्थापन भएको थियो । नवनिर्वाचित कार्यसमितिहरुलाई पद तथा सपथ प्रमुख निर्वाचन अधिकृत गणेशराज लुईटेलले गराएका थिए ।

काफ्ले अलावा संगको  प्रदेशमा वरिष्ठ उपाध्यक्षमा सुर्य प्रसाद कोइराला (श्याम), उपाध्यक्ष (थोक ÷आयात) तिर सुधीन ध्वज श्रेष्ठ , उपाध्यक्ष (खुद्रा) दिलिप सुबेदी,  महासचिव लक्ष्मण माझी चौधरी , कोषाध्यक्षः प्रभात कुमार श्रेष्ठ,  सचिवः झरना न्यौपाने,  उपकोषाध्यक्ष सेवक दाहाल , सदस्य (थोक/आयात), शरद गौतम ,  सदस्य (थोक/आयात), खेम लाल काफ्ले , सदस्यहरु खुद्रा तर्फ स्याम कुमार खड्का ,  बेद बहादुर थापा (गणेश) , सदस्य (महिला), तिल माया काफ्ले,  सदस्यहरु  (खुल्ला) सुभाष पौडेल,  महेन्द्र थापा , सुरेन्द्र प्रधान, प्रकाश धिमाल निर्वाचित भएका थिए ।  पदभार ग्रहण गर्दै  अध्यक्ष काफ्लेले  व्यासायीका समस्या समाधान गर्नसबैलाई मिलाएर संघलाई एक ढिक्का बनाएर लैजान कुनै कसर बाँकी नराख्ने बताए ।