राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, ११ फागुन । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘भ्रष्टाचार निवार (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘विद्युतीय व्यापार विधेयक २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्ने छन् ।
यस्तै, विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची छ ।