सात महिनामा चार अर्ब ३९ करोडको जुत्ता चप्पल आयात

काठमाडौं, ११ फागुन । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको जुत्ता चप्पल आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार, ४ अर्ब ३९ करोड ४ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ६४ हजार ८२२ जोर जुत्ता चप्पल आयात भएको हो ।
उक्त परिमाणमा जुत्ता–चप्पल आयात हुँदा २ अर्ब ५९ करोड ५७ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको विभागले जनाएको छ ।