आइतबार ११ फागुन, २०८१

यसरी मनाइयो प्रधानमन्त्री ओलीको जन्मोत्सव

यसरी मनाइयो प्रधानमन्त्री ओलीको जन्मोत्सव

काठमाडौं, ११ फागुन ।  काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजबाट ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु हुँदैछ ।

उद्घाटन खेलअघि आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि एन्फा कम्प्लेक्स पुगेका छन् । प्रधानमन्त्री ओलीको आज ७४ औं जन्मदिन पनि हो ।

उनले बिहानै सामाजिक सञ्जालबाट अन्य केही कार्यक्रम नराखिएको र एन्फा कम्प्लेक्समै आयोजित कार्यक्रममा शुभकामना साटासाट हुने बताएका थिए ।

ओलीको जन्मदिन पारेर सुरु गरिएको यस प्रतियोगिताको सुरुवात केक काटेर गरिएको थियो । एन्फा कम्प्लेक्समा ओलीलाई पत्नी राधिका शाक्यले केक खुवाइन् । केक काट्ने कार्यक्रमलगत्तै केपी ओली कपको उद्घाटन गरिएको थियो ।

प्रधानमन्त्रीको जन्मदिनमा काटिएको केकको दायाँबायाँ फुटबल समेत बनाइएको थियो भने केक काट्दै गर्दा ड्रोनबाट पुष्पवृष्टि गरिएको थियो ।उद्घाटन खेल केहीबेरमा सुरु हुँदैछ ।