लाइट उपकरण बिग्रदा काठमाडौं विमानस्थलमा उडान प्रभावित

काठमाडौं, १२ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा जहाजको सजीकरणका राखिने लाइट बिग्रदा उडानरअवतरण प्रभावित भएको छ ।
जसले गर्दा विमानस्थल बिहान ८ बजेपछि करिब ४५ मिनेट अवरुद्ध भएको थियो । अहिले सो लाइट मर्मत गरी उडान अवतरण सूचारु गरिएको छ ।
बिहान उडानहरू रोकिएका कारण अहिले निर्धारित उडानहरू ४५ मिनेटदेखि १ घण्टासम्म डिले गरी उडिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
‘अहिले उडान सूरु भए पनि बिहानको प्रभावले जहाजहरू डिले भएका छन्,’ उनले भने ।