मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान हटाउने तयारी

काठमाडौं, १२ फागुन । सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ र शिक्षा मन्त्रालयका केही एजेण्डाहरुको बारेमा छलफल हुने बताइएको छ ।
स्रोतका अनुसार, आजको बैठक विशेष गरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा केन्द्रित हुने छ ।
आज कुलमानलाई हटाउने निर्णय हुनसक्ने स्रोतको दाबी छ । पछिल्लोसमय सरकार आफूले दिएको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको भन्दै कुलमानमाथि असन्तुष्ट छ । यो आक्रोश केही दिन अघि संसदमै उर्जामन्त्री दीपक खड्काले पोखेका थिए ।