सोमबार १२ फागुन, २०८१

काठमाडौंको नागढुंगाबाट सुनसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौंको नागढुंगाबाट सुनसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं,१२ फागुन । नागढुंगाबाट सुनसहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय रोकश कुमार छन् ।

उनीबाट ३५४ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई आइतबार राति साढे ९ बजे पक्राउ गरेको हो ।

उनी रुपदेन्हीको सुनौलीबाट काठमाडौं आउँदै गरेको लु २ ख ४४१५ नम्बरको बसमार्फत काठमाडौं आउँदै   थिए ।

पक्राउ परेका उनलाई कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।