सोमबार १२ फागुन, २०८१

नीरस होइन, जनतासँग सजीव सम्बन्ध बनाउने अभियान हो : प्रचण्ड

नीरस होइन, जनतासँग सजीव सम्बन्ध बनाउने अभियान हो : प्रचण्ड

काठमाडौं, १२ फागुन । नेकपा माओवादी केन्द्रले आजदेखि सुरु गरेको तराई–मधेश जागरण अभियान नीरस अभियान नहुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् ।

झापामा अभियानको सुरुआत गर्दै उनले जनतासँगको सम्बन्ध सजीव बनाउन लागिपरेको बताए ।

अभियान सुरुका लागि हुलाकी राजमार्गले तराई मधेश क्षेत्रका आदिवासी जनजातिसँग जोड्ने दाबी उनले गरे ।

‘यो अभियान हुलाकी मार्गकेन्द्रित भन्यौं । त्यसमा पनि झापाको पनि सबैभन्दा होचो ठाउँबाट सुरु गर्‍यौं,’ उनले भने, ‘यसको विशेयष महत्व छ । हामीले हुलाकी मार्गभन्दा यो देशको आदिवासी समुदायको उहाँहरूसँग हाम्रो सम्बन्धन सुदृढ गर्ने, सीमा क्षेत्रका मधेशी जनतासँग हाम्रो सम्बन्ध अझ सुदृढ गर्नुपर्ने आवश्यकता छ भनेरै हो ।’

उनले अभियान कञ्चनपुरसम्म पुग्दा थारु, मुस्लिमलगायत सबै उतपीडित समुदायसँग सम्बन्ध सुदृढ हुने प्रचण्डको विश्वास छ । उनले भने, ‘त्यसपछि दक्षिणबाट पूर्वसम्म मध्यपहाडी लोकमार्गमार्फत पहाडी र हिमाली क्षेत्रका जनतासँगको राष्ट्रिय एकताको सन्देश दिन चाहन्छौैं ।’

उनले फरक प्रसंगमा सरकार असंवैधानिक गठबन्धनबाट बनेकोसमेत आरोप लगाए । ‘यो पुँजीपतिहरूको घुस खाएर बनेको सरकार हो । त्यसैले यो अप्राकृतिक सरकार हो ।’