म्यानमारमा अनलाइन स्क्यामिङमा लगाइएका २ नेपालीको उद्धार

काठमाडौं, १२ फागुन । अनलाइन स्क्यामिङमा प्रयोग भएका दुई नेपाली नागरिकलाई म्यानमारबाट उद्धार गरिएको छ । म्यानमारको मेवाडीमा अनलाइन स्क्यामिङमा प्रयोग भएका दुई नेपाली नागरिकलाई उद्धार गरिएको हो ।
थाइल्यान्डस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरेर नेपाल फिर्ता गरेको जनाएको छ । दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको हो ।
उद्धार गरिएका उनीहरूलाई टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएको थियो । थाइल्यान्डबाट सोमबार उनीहरूलाई नेपाल फिर्ता गरिएको दूतावासले जानकारी दिएको छ ।