सोमबार १२ फागुन, २०८१

कांग्रेस स्थानीय तह समन्वय विभागमा १० जनाको नाम मनोनित

कांग्रेस स्थानीय तह समन्वय विभागमा १० जनाको नाम मनोनित

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस स्थानीय तह समन्वय विभागमा १० जनाको नाम मनोनित गरेका छन् ।

सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको विभागमा १० जनालाई मनोनयन गरेका हुन् । 

मनोनयन हुनेहरुमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा. हेमराज लामिछाने (चितवन) रहेका छन् । 

यस्तै पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरूङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरख बहादुर सुनार (जुम्ला)  र निर्प खड्का (कैलाली)को नाम मनोनयन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।