मंगलबार १३ फागुन, २०८१

काठमाडौंबाट रामेछाप भएर ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना

काठमाडौंबाट रामेछाप भएर ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना

काभ्रेपलाञ्चोक, १३ फागुन । काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ। 

धुलिखेल नगरपालिका- १० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो। दुर्घटनामा १७ जना घाइते भएका छन्।

बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ : २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालकसहित १७ जना रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए। बसमा २४ जना सवार थिए।

घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ। चालक र सह-चालकको टाउकोमा गभ्मीर चोट छ। घाइतेहरुको पहिचान भएको छैन।