मंगलबार १३ फागुन, २०८१

भारतमा तीन किशोरीमाथि १८ जनाद्वारा सामूहिक बलात्कार

भारतमा तीन किशोरीमाथि १८ जनाद्वारा सामूहिक बलात्कार

नयाँदिल्ली, १३ फागुन । झारखण्ड प्रहरीले खुन्ती जिल्लामा तीन किशोरीलाई बलात्कार गरेको आरोपमा १८ जनालाई पक्राउ गरेको छ । 

समाचार अनुसार १२ देखि १७ वर्षका ती सबै १८ अभियुक्तलाई हिजो बाल सुधार गृहमा पठाइएको र सोमबार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार घटना शुक्रबार राति भएको हो । पाँचजना युवती घरबाट केही दूरीमा विवाह समारोहमा पुगेका थिए । सबै अभियुक्तहरू पनि त्यहाँ थिए। राति विवाह समारोहबाट पाँचजना युवती घरतर्फ निस्किए पछि अभियुक्तहरूले उनीहरुलाई पछ्याउन थाले । केटीहरूले घर जान खोला तर्नुपर्थ्यो। यसअघि पनि आरोपीले पाँच बालिकालाई समातेर नजिकैको जंगलमा लगेका थिए ।

तर, दुई युवतीहरू भने कुनै न कुनै रूपमा आरोपीको चंगुलबाट भागेर घर पुगे र उनीहरूले नै गाउँलेहरूलाई घटनाबारे जानकारी गराएका थिए। यसपछि गाउँले घटनास्थलमा पुगेपछि आरोपीहरू तीन किशोरी छाडेर भागेका थिए । घटनाबारे स्थानीयले आइतबार प्रहरीलाई खबर गरेका थिए । 

घटनापछि सबै आरोपीलाई पक्राउ गरिएको एसपी अमन कुमारले युवतीको बयान लिएर मुद्दा दर्ता गरी अभियुक्तलाई पक्राउ गरिएको बताए । शुक्रबार राति रानिया क्षेत्रमा विवाह समारोहमा सहभागी भएर घर फर्किंदै गर्दा उक्त घटना भएको खुन्तीका प्रहरी उपरीक्षक अमन कुमारले जानकारी दिएका छन् ।

परिवारका सदस्यले प्रहरीमा दिएको उजुरी अनुसार पाँच बालिकामध्ये तीन जना १२ देखि १६ वर्षका किशोरीलाई नावालिग किशोरहरूले सामुहिक बलात्कार गरेका थिए ।

एसपीले भने, ‘आइतबार रानिया प्रहरी चौकीमा उजुरी परेपछि यो घटना बाहिर आएको हो।’ उनका अनुसार प्रहरीले तुरुन्तै टोली गठन गरेको थियो, जसले सबै १८ आरोपीहरूलाई पक्राउ गर्न सफल भयो । एसपी कुमारले भने, “आरोपीहरूलाई सोमबार बालगृह पठाइएको छ, बालिकाहरुको जतिसक्दो चाँडो मेडिकल जाँच गरिने छ ।’ मंगलबारवाट मुद्दाको थप प्रकिया अगाडी बढनेछ ।