मंगलबार १३ फागुन, २०८१

स्थानीय सेवा ऐन २०८१ संशोधन गर्न प्रदेश सभा सदस्यको ध्यानाकर्षण

स्थानीय सेवा ऐन २०८१ संशोधन गर्न प्रदेश सभा सदस्यको ध्यानाकर्षण

काठमाडौं, १३ फागुन । मधेश प्रदेश सरकारद्वारा ल्याइएको स्थानीय सेवा ऐन २०८१ तथा सेवा गठन विधेयकमा त्रुटी भएको भन्दै त्यसको संशोधनको माग उठाइएको छ ।

सिअहेब (सिनियर) अनमी पाँचौं तहका कर्मचारीहरूको वृद्धि तथा विकासमा असर परेको भन्दै धनुषा सी. अहेब सी. अनमी संघर्ष समितिले प्रदेश सभा सदस्य माननीय संजय महतोलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

संघर्ष समितिका प्रदेश सहसंयोजक रुबी यादव, प्रदेश कोषाध्यक्ष रामदेव कापर, प्रदेश सदस्य संजिव यादव धनुषा जिल्ला संयोजक नागेश्वर कुमर, सदस्य नन्द ठाकुर, र सदस्य सोभित यादवलगायतको टोलीले माननीय महतोको निजी निवासमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

ध्यानाकर्षण पत्र बुझ्दै माननीय महतोले सो विषयमा गम्भीर ध्यान दिने प्रतिबद्धता जनाउँदै ऐन संशोधनका लागि पहल गर्ने आश्वासन दिएका छन् । ऐनमा संशोधनको आवश्यकता रहेको आफूले पनि महसुस गरेको सुनाउँदै, उनले प्रदेश समाको बैठकमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।