मंगलबार १३ फागुन, २०८१

बालुवाटारमा कांग्रेस-एमाले उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

बालुवाटारमा कांग्रेस-एमाले उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं, १३ फागुन । सरकारका प्रमुख सत्ता साझेदार दल कांग्रेस–एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरू सहभागी हुने छन् ।

सरकार सञ्चालनका विषय र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।