महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं, १३ फागुन । महान्यायाधिवक्ता कार्यालयको आयोजनामा राजधानीमा डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । पर्सि उद्घाटन गरिने दुई दिने सम्मेलनमा विभिन्न देशका ३३ जना पाहुना सहभागी हुने बुझिएको छ ।
कार्यक्रममा नेदरल्याण्ड र सिंगापुरका एक/एक जना सहभागी हुँदैछन् । सबैभन्दा धेरै चीनका छ,मलेसिया र साउदी अरेबियाका चार,माल्दिभ्सका तीन तथा रुस,बेलायत,दक्षिण कोरिया, श्रीलंका,अजरबैजानका दुई दुई जना प्रतिनिधि आइपुग्दै छन् । भारतका चार जना प्रतिनिनिध सहभागी हुने आयोजक स्रोतले बतायो ।
यसैबीच महान्यायाधिवक्ताको कार्यालयले गृह मन्त्रालयलाई सम्मेलनमा सहभागी हुने १२ मुलुक तथा एउटा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिसमेत गरेर २९ जनाको भिसा शुल्क मिनाहाको निम्ति अनुरोध गरेको बुझिएको छ ।