सेयर बजार ७.१३ अंकले बढ्यो, नेप्से २७६५ अंकमा, ९ अर्ब ९० करोडको कारोबार
_arTamvHW1g_c1xgbsnfad6hlv0rha0ronhkta2slpn3agyuujca0xngp0mic6thtt9upcw8_UViTYY0Oda_a86k6x9hivfcxzetbiqngqr8wpb8z7wtydmzhos2w3ji99rfw8xt8hl2zfh6.jpg)
काठमाडौं, १३ फागुन । मंगलबार सेयर बजारको परिसूचक नेप्से ७.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ ।
बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रह्यो । पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य बढ्दा बजारमा यस्तो प्रभाव देखिएको हो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ११ अर्ब ८ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । अन्य समूह सबैभन्दा धेरै २.९ प्रतिशत बढ्यो । त्यस्तै उत्पादन ०.१८, जीवन बीमा ०.८१, लगानी ०.७७, होटल तथा पर्यटन ०.०५ र बैंकिङ सेक्टर ०.०२ प्रतिशत बढे । विकास बैंक ०.१२, फाइनान्स ०.७१, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२८ र व्यापार समूह २.५१ प्रतिशत घटे ।
दुई कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशत बढेको थियो । त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य ८.९६, भूगोल इनर्जीको ८.४१ तथा नेपाल पुनर्बीमाको मूल्य ६.२८ प्रतिशत बढ्यो । त्यस्तै विन नेपाल लघुवित्तको ८.९७, राप्ती हाइड्रोको ६.६८, रिलायन्स फाइनान्सको ४.६१, छ्याङ्दी हाइड्रोपावरको ४.१७ र बोटलर्स नेपाल बालाजुको मूल्य ४.०४ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एचआईडीसीएल, एनआरएन इन्फ्रास्ट्रक्चर तथा सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।