१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं, १३ फागुन । १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा गोरखामा एक शिक्षक पक्राउ परेका छन् ।
जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
उनी गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयका शिक्षक हुन् ।
उनीविरुद्ध पीडित बालिकाका आफन्तले जाहेरी दिएका थिए । जाहेरीमा गत पुसदेखि पटक–पटक ती विद्यार्थीमाथि जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ ।
गत माघ २८ गते राति पनि उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ । डीएसपी सुवेदीका अनुसार उनीविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।
गत ७ फागुनमा पक्राउ परेका उनीमाथि जिल्ला अदालत गोरखाबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।