प्रधानमन्त्रीको विरोध गर्ने आशंकामा चार जना प्रहरी नियन्त्रणमा

काठमाडौं, १३ फागुन । काठमाडौँको जोरपाटीस्थित प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा विरोध गर्ने आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटनमा विरोध गर्ने आंशकामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार राजु सुनुवार, किरण केसी, मोहन श्रेष्ठ र राजेश दाहाललाई नियन्त्रणमा लिइएको छ ।
एसपी बोहराले भने, ‘प्रधानमन्त्रीज्यू सहभागी हुने कार्यक्रम बिथोल्ने गरी उनीहरूले सामाजिक सञ्जालमा आह्वान गरेका थिए । त्यसैले उनीहरूलाई नियन्त्रणमा लिएका हौँ ।’ चारै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।