साइमेक्स इन्कको बीवाईडी हाई–टेक विक १५ फागुनदेखि, के–के छन् विशेषता ?
-1740402335_A9Bth2yI9x_lfdhxncqbrromdmm8ifacxkxy140k10p6x0gmymgwbauihi8eb6x8srxvzvj_UoCOgj3fZv_pb4ltndb7tzelqmmgyogr8hto11vwymtltg5q76g9b8geh4ia1h0ieidyc9a.jpeg)
काठमाडौं, १३ फागुन । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । यो कार्यक्रम इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरूले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने पहिलो इभेन्ट हुने कम्पनीको दाबी छ ।
द एभरेस्ट होटलमा आगामी २७ फेब्रुअरीदेखि ४ मार्च ९१५ फागुनदेखि १८ फागुन० सम्म आयोजना हुने इभेन्ट न्यू इनर्जी भेइकल्स (एनईभीज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्त्वपूर्ण अवसर हुने कम्पनीले जनाएको छ
कम्पनीका अनुसार बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुने र यसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउनेछ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नैपर्ने स्थल हुनेछ ।
यस्ता छन् बीवाईडी हाई–टेक विक २०२५ को प्रमुख विशेषता:
• हाई–टेकइन्ट्र्याक्टिभ जोन : बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इन्नोभेसनलगायतका अत्याधुनिक प्रविधिका बारेमा जानकारी लिन ।
• नेक्स्ट–जेन भेइकल शोकेस : पर्फर्मेन्स र सस्टेनेबिलिटीका लागि क्रान्तिकारी रूपमा अगाडि बढिरहेका बीवाईडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न ।
• लाइभ डेमो : स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न मौका प्राप्त गर्न ।
• एक्सपर्ट टक र प्यानल डिस्कसन : पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्यका बारेमा यो उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरूबाट महत्त्वपूर्ण जानकारी लिन ।
• विशेष प्रोडक्ट सार्वजनिक : अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी दिनमा उपलब्ध हुने इन्नोभेसन अवलोकन गर्ने पहिलो अवलोकनकर्तामध्ये एक बन्न ।
• पारिवारिक क्रियाकलाप: सबै उमेरसमूहलाई उपयुक्त हुने प्रशस्तै क्रियाकलाप हुनेछन्, जसले परिवार मात्र नभई प्रविधिप्रति चासो राख्ने सबैका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेछ ।
बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इन्नोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ । अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रीन इनर्जी एड्भोकेटलगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्य बारेमा अध्ययन अन्वेषण गर्न सकिनेछ ।
बीवाईडी हाई–टेक विक २०२५ का लागि टिकट ई–सेवामा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विद्यार्थीलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ ।