मंगलबार १३ फागुन, २०८१

सन्ध्याकालीन आरतीमा सहभागी हुन पशुपति जाँदै प्रधानमन्त्री ओली

सन्ध्याकालीन आरतीमा सहभागी हुन पशुपति जाँदै प्रधानमन्त्री ओली

काठमाडौं, १३ फागुन । महाशिवरात्रिको पूर्वसन्ध्यामा अवलोकन तथा निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ जाने भएका छन् ।

महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली निरीक्षणका लागि साँझ साढे ५ बजे पशुपति आउन लागेको प्रचार(प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले बताए ।

उनका अनुसार, प्रधानमन्त्री ओली पशुपतिको आरतीमा पनि सहभागी हुने कार्यक्रम तय भएको छ ।

यस्तै शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।