काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं, १६ फागुन । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज (शुक्रबार) बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको झड्काले उपत्यकाबासीलाई ब्युँझाएको छ ।
भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए ।
यस सम्बन्धमा थप विवरण आउन बाँकी छ ।