शनिबार १७ फागुन, २०८१

केपी ओली कप : दोस्रो सेमिफाइनलमा केपी एफसी र मच्छिन्द्र खेल्दै

केपी ओली कप : दोस्रो सेमिफाइनलमा केपी एफसी र मच्छिन्द्र खेल्दै

काठमाडौं, १७ फागुन । काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपअन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेल हुँदैछ।

फाइनल प्रवेशका लागि केपी ओली एफसी र मच्छिन्द्र एफसी बीच प्रतिस्पर्धा हुनेछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे देखि सुरु हुने छ।

यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसी लाइ २-१ ले हराउदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरिसकेको छ।

फाइनल खेल फागुन १९ गते सोमबार हुनेछ। प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ।