मंगलबार २० फागुन, २०८१

सिप्रदी ट्रेडिङ्गले जित्यो 'टाटा मोटर्स वन वर्ल्ड २०२४' मा ७ प्रतिष्ठित अवार्ड, इभी विस्तारमा विशेष मान्यता

सिप्रदी ट्रेडिङ्गले जित्यो 'टाटा मोटर्स वन वर्ल्ड २०२४' मा ७ प्रतिष्ठित अवार्ड, इभी विस्तारमा विशेष मान्यता

काठमाडौं, १८ फागुन । टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने 'टाटा मोटर्स वन वर्ल्ड २०२४' कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ७ उत्कृष्ट अवार्ड जतेको छ ।

'Pioneering EV Expansion' का लागि टाटाले विशेष कदरपत्र प्राप्त गरेको छ । नेपालले शून्य-उत्सर्जन सवारी साधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको दाबी कम्पनीको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा सबैभन्दा उच्च बजार हिस्सा दिलाउँदै, निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यसले नेपाललाई कमर्सियल सवारी साधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

यो उपलब्धि ग्राहकहरूको विश्वास, टीमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल भएको बताउँदै सिप्रदी ट्रेडिङ्ग प्रा।लि।ले सबै प्रमुख सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै बताएको छ ।  

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, 'हामी हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारी साधन प्रदान गर्न सधैं प्रतिबद्ध छौं । यी पुरस्कारहरूले हाम्रो टीमको मेहनतलाई सम्मान गर्दै, ग्राहकहरूलाई  अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ।'