सोमबार १९ फागुन, २०८१

एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर: ८ जीबीसम्म बोनस डेटा पाउन सकिने

एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर: ८ जीबीसम्म बोनस डेटा पाउन सकिने

काठमाडौं, १८ फागुन । एनसेल ग्राहकले अब कुनै पनि प्याक किन्दा निःशुल्क बोनस रिसोर्स/ डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्ने भएका छन् । ‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत ग्राहकले रिन्युअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो अफर गत बिहीबारदेखि लागु भएको छ । हालैमात्र संचालनमा ल्याइएको ‘सधैं अन रिन्युअल प्याक’ को निरन्तरता स्वरूप यो बोनस अफर ल्याएको एनसेलले ‍उल्लेख गरेको छ । यो अफर *१२३# डायल गरेर प्याक खरिद गर्ने ग्राहकका लागि मात्र उपलब्ध हुनेछ ।

‘म्याजिक रिसोर्सेस’ बोनस अफर अन्तर्गत, सधैं अन रिन्युअल प्याक, होम एण्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत १५ विभिन्न प्याकहरू खरिद गर्दा बोनस सुविधाहरू उपलब्ध हुनेछन् ।

उदाहरणका लागि, रु. ७९९ को होम एण्ड अवे रिन्युअल प्याक लिने ग्राहकहरूले प्याकमा समावेश ६५ जीबी मुख्य डेटा बाहेक थप ८ जीबी डेटा वा २०० मिनेट अन-नेट टक टाइम वा २०० अन-नेट एसएमएस बोनस रूपमा प्राप्त गर्न सक्छन् ।

यसैगरी, सधैं अन रिन्युअल प्याकहरूमा प्याक अनुसार ग्राहकहरूले ५ जीबीदेखि ७.५ जीबीसम्म डेटा, २० मिनेटदेखि ८० मिनेटसम्म अन-नेट टक टाइम, वा १० देखि २०० अन(नेट एसएमएस बोनसका रूपमा प्राप्त गर्न सक्छन् ।

रु. २०० को कम्बो प्याक (७ दिन) मा, ग्राहकहरूले प्याकमा समावेश ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनस रूपमा २ जीबी डेटा वा ५० मिनेट अन–नेट टक टाइम, वा १० अन-नेट एसएमएस प्राप्त गर्न सक्छन् ।

त्यस्तै, रु. ४९९ को अनलिमिटेड भ्वाइस रिन्युअल प्याकमा, ग्राहकहरूले ५ जीबी डेटा वा १०० मिनेट अलनेट टक टाइम, वा १०० अन–नेट एसएमएस बोनस प्राप्त गर्न सक्छन् ।