शेयर बजारमा साताको पहिलो दिन ७५ अंकको उछाल, सवा १४ अर्बको कारोबार

काठमाडौं, १८ फागुन । साताको कारोबारको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । यसदिन सेयर बजार ७५ अंकले बढ्यो भने परिसुचक २८९० बिन्दुमा पुगेर रोकियो ।
यसदिन २ करोड ९१ लाख कित्ता सेयर किनबेच हुदा १४ अर्ब २५ करोडको कारोबार भयो । आज कारोबारमा आएका १९६ कम्पनीको सेयर बढ्यो भने ४४ कम्पनीको सेयर घट्दा ४ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज कारोबारका आधारमा सर्वाधिक नेपाल रि इन्सुरेन्सले ९७ करोड र हिमालय रि इन्सुरेन्सले ८५ करोडको कारोबार गरे ।
यसदिन हिमालय डिस्टलरी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, दोर्दी खोला जल विद्युत कम्पनी, नेपाल लाइफ इन्सु्रेन्स, सिन्धु बिकास बैंक, पोेखरा फाइनान्स र न्यादी हाइड्रो पावरको मूल्य १० प्रतिशत बढ्यो ।