मंगलबार २० फागुन, २०८१

हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक संचालनमा

हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक संचालनमा

मुगु,  १८ फागुन । हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड सञ्चालनमा आएको छ ।

यो सडकखण्ड भूलभुले र सात मोड क्षेत्रमा हिउँ जम्नुका साथै पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको थियो । सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने पर्यटकीय मार्ग प्रभावित भएको थियो ।

सडक अवरुद्ध हुँदा रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू समस्यामा परेका थिए । सडक सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि र स्थानीयको दैनिकी सहज बनेको छ ।

जुम्ला र मुगुका प्रहरी ,प्रशासन,सडकडिभिजन कायालयको पहलमा बन्दा सडकमा २ फुट भन्दा बढि आएको हिउँ पन्छाएर सडक सन्चालनमा आएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताए ।