मंगलबार २० फागुन, २०८१

एभरेस्ट बैंकको ऋणपत्र खुल्यो, मुद्दतीभन्दा धेरै ब्याज पाइने

एभरेस्ट बैंकको ऋणपत्र खुल्यो, मुद्दतीभन्दा धेरै ब्याज पाइने

काठमाडौैं, १८ फागुन । एभरेष्ट बैंक लिमिटेड ऋणपत्र निष्काशन तथा विक्री खुला गरेको छ । बैंकले १० वर्षको अवधिमा वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्काशन गरेको हो ।

कूल ३० लाख कित्ता ऋणपत्रको मूल्य ३ अर्ब रुपैयाँ राखिएको छ। यसमा ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यक्तिगत लगानीकर्ताहरूको लागि र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्याइएको छ। सर्वसाधारणका लागि बाँडफाँट हुने ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषहरूको लागि छुट्याइएको छ।

ऋणपत्रमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम २५ कित्ताबाट आवेदन दिनुपर्नेछ र अधिकतम १२ लाख कित्तासम्म आवेदन गर्न सकिनेछ। निष्काशनको अन्तिम मिति फागुन २१ गतेसम्म रहेको छ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा चैत ३ गते सम्म विक्रीमा राखिने छ ।

ऋणपत्रको विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।