सोमबार १९ फागुन, २०८१

ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपमा परियार नियुक्त

ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपमा परियार नियुक्त

काठमाडौं, १९ फागुन । विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा प्रदीप परियार नियुक्त भएका छन् ।

परियार दलित लाइभ्स म्याटर गल्लोब अलायन्सका अध्यक्ष समेत हुन् । परियारको नियुक्तिले सामाजिक न्याय र समतामूलक समाज निर्माणको अभियानमा बल पुग्ने अलायन्सको विश्वास छ ।

विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्सले प्राज्ञिक, नागरिक समाज, अन्तर्राष्ट्रिय विज्ञहरूसँग समन्वय गर्दै रूपान्तरणकारी अभियानमा काम गर्दछ । परियार दुई वर्षका लागि सदस्यमा चयन भएका हुन् ।

परियार सामाजिक न्याय क्षेत्रमा २० वर्षदेखि सक्रिय छन् । उनी २०२० मा विश्व आर्थिक मञ्चकै योङ् ग्लोबल लिडर्सबाट सम्मानित भएका थिए ।