सोमबार १९ फागुन, २०८१

केपी ओली कप: यी खेलाडीले पाउनेछन् यामाहाको मोटरसाइकल

केपी ओली कप: यी खेलाडीले पाउनेछन् यामाहाको मोटरसाइकल

काठमाडौं, १९ फागुन । केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कारसँगै यामाहाको तर्फबाट बाइक पनि पाउने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसीका अनुसार यामाहाको तर्फबाट सलुटो १२५ सीसीको बाइक प्रदान गर्न लागिएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने यस अघिनै आयोजकले घोषणा गरि सकेको छ ।

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि भोलि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उक्त खेल दशरथ रंगशालामा भोलि साँझ ६ बजेबाट फाइनल सुरू हुनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनलअघि कुमा सागर, पूर्ण राईको प्रस्तुती रहनेछ ।

प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।