मंगलबार २० फागुन, २०८१

इजरायलले गाजा क्षेत्रमा रोक्यो मानवीय सहायता

इजरायलले गाजा क्षेत्रमा रोक्यो मानवीय सहायता

काठमाडौं, १९ फागुन । इजरायलले गाजा क्षेत्रमा सबै मानवीय सहायता प्रवेशमा रोक लगाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा यो निर्णय बन्धक सम्झौताको पहिलो चरण समाप्त भएपछि लिइएको उल्लेख गरिएको छ।

यसअघि, इजरायलले रमजान र पासओभर पर्वलाई ध्यानमा राख्दै युद्धविरामको पहिलो चरणलाई २० अप्रिलसम्म विस्तार गर्ने प्रस्तावको समर्थन गरेको थियो। तर, हमासले उक्त प्रस्ताव अस्वीकार गरेको इजरायली अधिकारीहरूको भनाइ छ।

संयुक्त राष्ट्रसङ्घले गाजाको आधा जनसङ्ख्या भोकमरीको जोखिममा रहेको चेतावनी दिएको छ। इजरायली नाकाबन्दीका कारण गाजामा खाद्यान्न आपूर्तिमा समस्या भइरहेको र धेरै मानिसहरू भोकमरीको सामना गरिरहेका छन्।